|

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेसपछि मन्त्रीहरूलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराएका हुन्।

सिंहदरबारमा भएको छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताए। यसअघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरूसँग सामूहिक छलफल गरेका थिए।

शनिबार १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले संचालन गर्न मन्त्रीहरूलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए। सोही निर्देशन नुसार मन्त्रीहरूले पेस गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ।

कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही श्रावण १ गतेदेखि कार्यान्वयनमा लैजानेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.