|

विश्वकप २०१८ को तेस्रो स्थानका लागि जारी खेलमा बेल्जियमले अग्रता लिएको छ। पहिलो हाफको खेल सकिँदासम्म बेल्जियमले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको हो। 

बेल्जियमले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता लिएको हो। बेल्जियमका थोमस म्यूनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन्। 

यो खेलको विजेता विश्वकपको तेस्रो र पराजित टिम चौथो स्थानमा रहेर विश्वकप २०१८ को यात्रा टुंग्याउनेछन्। 

विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन्। विश्वकप फाइनल आइतबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.