स्थानीय एेन ल्याउने डोल्पाकै पहिलो स्थानीय तह

|

डोल्पा : ठूलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले पहिलो पटक २० वटा स्थानीय ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित गरेको छ।

तीन दिनसम्म चलेर सम्पन्न भएको ठूलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले स्थानीय सरकार र यसको अधिकार एवं कार्यक्षेत्रलाई नेपालको संविधान २०७२ ले प्रत्यायोजन गरेको अधिकार वमोजिम स्थानीय सरकार संचालनार्थ स्थानीय ऐन कानुन तथा नियमावली पारित गरेको ठूलीभेरी नगरपालिकाले जनाएको छ।

डोल्पामा रहेका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीय तहहरूमध्येमा स्थनीय ऐन कानुन र नियमावली पारित गर्नेमा ठूलीभेरी नगरपालिका पहिलो हो।

ठूलीभेरी नगरपालिकाको बहुमत नगरसभाले पारित गरेका स्थानीय ऐन नियमावली र कार्यविधिहरूमा स्थानीय आर्थिक ऐन २०७५ (संशोधनसहित), ठूलीभेरी नगरपालिकाको आर्थिक विनियोजन ऐन २०७५, नगरसभा कार्यविधि २०७५, स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५, स्थानीय तहको उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ रहेका छन्।

यसै गरी स्थानीय राजपत्र २०७५, स्थानीय तहको सरकारबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, नगरपालिका संचालन तथा ब्यवस्थापन कार्यविधिसहितको नियमावली २०७५, विपत ब्यवस्थापन कार्यविधि २०७५, आकस्मिक कोष संचालन तथा ब्यवस्थापन कार्यविधि २०७५, स्थानीय तह सहकारी ऐन २०७५, शिक्षा ऐन २०७५, शिक्षा नियमावली २०७५, कृर्षि ब्यवसायी प्रवर्द्धन ऐन २०७५ पनि पारित गरेको छ।

त्यसै गरी नगरसभाले एकीकृत सम्पति कर ब्यवस्थापन कार्यविधि २०७५, एफएम रेडियो ब्यवस्थापन तथा संचालन कार्यविधि २०७५, आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको कानुन २०७५  निर्वाचित प्रतिनिधि सेवासुविधासम्बन्धी कार्यविधि २०७५ र कर्मचारी छनौट तथा सिफारिससम्बन्धी कार्यविधि २०७५ गरेर नौवटा स्थानीय सरकार संचालन कार्यविधि, छवटा स्थानीय ऐन र पाँचवटा स्थानीय नियमावली, निर्देशिका र राजपत्र गरेर २० ओटा ऐन नियमावली र कार्यविधि कानुन पारित गरिएको ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए।

स्थानीय कानुन तथा नियमावली र नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले ठूलीभेरी नगरपालिकाको केन्द्र जुफालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख शाहीले विगतमा स्थानीय कानुन कार्यविधि र निर्देशिकाको अभावमा नगरको कार्यसम्पादनमा समस्या भइरहेका बेला दोस्रो नगरसभाले आफ्नै स्थानीय कानुन बनाई पारित गरेकाले आगामी दिनहरूमा नगरको कार्यसम्पादनमा ढिलाई नहुने र सेवा प्रभावकारी हुने बताए।

नगरसभाले पारित गरेका स्थानीय ऐन, नियम र कानुन स्थानीय राजपत्रमा प्रकाशित भइसकेपछि पूर्ण रूपमा लागू हुने र यसले नगरको आर्थिक सवृद्धिमा सहयोग प्रमुख शाहीको भनाइ छ।

पत्रकारहरूको एक प्रश्नमा नगरप्रमुख शाहीले केही नगरसभाका पार्षदहरूलाई बारम्बार पत्रचार गर्दा पनि नगरसभा जस्तो महत्त्वपूर्ण सभामा उपस्थित नभएकोमा दुख ब्यक्त गर्दै बहुमत नगरसभा पार्षदहरूबाट सर्वसम्ममत रूपमा आर्थिक वर्ष ०७५/०७६ को बजेट नीति तथा कार्यक्रम र स्थानीय ऐन, कानुन र कार्यविधि पारित गरेको बताए।

जालसाँची गरेर नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सारिएको प्रति घोर आपत्ती जनाउँदै नगर उपप्रमुख योगेन्द्रबहादुर शाही लगायतका २५ जना नगरपार्षदहरूले दुनैमानै केन्द्र कायम हुनु पर्ने माग गर्दै नगरका प्रत्येक बैठकहरूमा अनुपस्थित हुने गरेका छन्।

५२ जना नगरपार्षद मध्येमा जुफाल केन्द्रमा सम्पन्न भएको नगरसभामा नगरप्रमुख सहित २७ जना नगरपार्षदहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.