|

बारा : बाराको निजगढ नगरपालिकाकाले नगरप्रहरी राख्ने निर्णय गरेको छ। नगरप्रमुख सुरेशकुमार खनालको दबाबमा पाँचजना नगरप्रहरी राख्ने निर्णय दोस्रो नगरसभाले पारित गरेको हो।

आसार १० गते प्रस्तुत नीति तथा कार्यक्रममा १० जना नगरप्रहरी राख्ने प्रस्ताव पेस भएकोमा नगरसभाले संसोधन गर्दै पाँचजना राख्ने निर्णय भएको उपप्रमुख लिलादेवी लामिछानेले बताइन्।

प्रदेश-२ मा जनप्रतिनिधिलाई तलब बढी दिएको आलोचना भइरहेको बेलामा निजगढमा नगरप्रहरी राख्ने निर्णय भएको हो। जनप्रतिनिधि आएपछि नगरप्रहरी राख्ने निर्णय गर्ने निजगढ पहिलो स्थानीय तह हो।  जिल्लाको पहिलो स्थानीय निकाय कलैया उपमहानगरपालिकामा जनप्रतिनिधि आउनु अघि नै नगरप्रहरी ब्यवस्था गरिएको छ।

नगरप्रहरी राख्ने निर्णयको स्थानीय तहमा विरोध भएको छ। नगरपालिकाको आर्थिक भार बढाउने गरी अनावश्यक निर्णय भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निजगढ नगर नेता दिलबहादुर लामाले बताए।

त्यस्तै राप्रपा निजगढका नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले नगरपालिकामा अहिले नगर प्रहरीको आवश्यक नभएको बताए। ‘नगरमा फुटपातको समस्या छैन,’ अध्यक्ष उप्रेतीले भने–‘नगरप्रहरी राख्दा अनुत्पादक क्षेत्रमा खर्च बढ्न जान्छ।’

जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहले स्थानीय तहको नियम मिचेर बाहेक हुने निर्णयबारे केही भन्न नमिल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.