बेल्जियमसँग विश्वकप २०१८ मा दुईपटक पराजित भयो इंग्ल्यान्ड

|

बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथो स्थानमा रह्यो। 

बेल्जियमलाई जीत दिलाउनका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिएरले र ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरेका थिए। इंग्ल्यान्डले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन र विश्वकपको अन्तिम खेलमा गोलरहित पराजित बन्न पुग्यो। 

यो विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई दुईपटक पराजित गरेको थियो। बेल्जियमले समूह जी को खेलमा इंल्यान्डलाई १-० ले पराजित गरेको थियो।

हाजार्ड खेलको म्यान अफ द म्याच बनेका थिए।

सेमिफाइनलमा बेल्जियम फ्रान्स र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए। विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन्। विश्वकप फाइनलको खेल आइतबार हुनेछ। नेपाली समय अनुसार विश्वकप फाइनल आइतबार राति पौने ९ बजे सुरु हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.