|

काठमाडौं : सरकारले भौतिक सुविधाअन्तर्गत सवारीसाधन खरिद गर्न मात्रै पछिल्लो चार महिनामा १८ महिना १८ करोड रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ। 

विभिन्न सरकारी निकायले सवारीसाधन खरिदको नाममा फागुनदेखि जेठसमम १८ करोड छ लाख ५९ हजार १८४ रुपैयाँ रकमान्तर गरेको अर्थ मन्त्रालयले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। सामान्यतया बजेटमार्फत स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर नयाँ कार्यक्रम आए या स्वीकृत कार्यक्रम पनि खर्च प्रगति राम्रो भयो भने अतिरिक्त रकम माग हुने गर्छ।

चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भने तीव्र रकमान्तर भएको देखिएको छ। यस अवधिमा २२ अर्ब ६५ करोड ६३ लाख ६९ हजार ९८५ रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयको तथ्यांकमा छ। वर्तमान सरकाले सरकारी खर्च कटौती तथा बजेट कार्यान्वयनमा अनुशानस काय गर्ने नारासहित काम थालेको चार महिनाको अवधिमै तीव्र रकमान्तर देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.