|

दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले भारतलाई ८६ रनले पराजित गरेको छ। 

इंग्ल्याण्डको लड्स रंगशालमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारत निर्धारित ५० ओभरमा २ सय ३६ रनमा नै अलआउट भयो।
पहिले ब्याटिङ गरेको इग्ल्याण्डले जोय रुटको १ सय १३ रनको मदतमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो।

जवाफि व्याटिङ गरेको भारतले शुरेश रैनाले ४६, विराट कोहलीले ४५ र महेन्द्रसिंह धोनीले ३७ रन बनाएपनि टीमलाई जिताउन सकेनन्। भारतलाई सस्तोमै समेटलन इग्ल्याण्डका लियम प्लङ्किटले ४ विकेट लिए।

जितसँगै तीन एकदिवसीय क्रिकेटको श्रृंखला १–१ को बराबरीमा पुगेको छ। यी दुईबिचको अन्तिम एकदिवसीय क्रिकेट मंगलबार हुने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.