|

इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर आक्रमण सुरु गरेको छ। 

आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्। हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको प्रधानमन्त्री नेतान्याहुको भनाइ छ। 

गाजामा रहेका हमासका दर्जनौँ सैन्य अखडामा निशाना बनाएर आक्रमण गरिएको इजरायली पक्षले बताएको छ। प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार गाजामा भएको हवाई आक्रमणमा दुईजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।  इजरायली सेना र हमास लडाकुबिच सन् २०१४ मा ठूलो युद्ध भएको थियो। हमासले गरेको रेकट आक्रमणमा तीनजना इजरायली घाइते भएका छन्। हमास विरुद्धको कारवाही अभियानमा रहेको द इजरायल डिफेन्स फोर्स, आइडिएफले गाजामा रहेको हमासको हतियार भण्डारण केन्द्र तथा रकेट लञ्चरलाई पनि निशाना बनाएको छ।

 

रक्षा मन्त्रालय, प्रमुख अधिकारीहरु तथा उच्च सुरक्षा अधिकारीसँगको छलपछि हमास विरुद्ध कडा कदम चाल्ने निर्णय भएको प्रधानमन्त्री नेतन्याहुले बताएको बिबिसीले उल्लेख गरेको छ। तर प्यालेस्टाइनी अधिकारीले भने गाजामा युद्धविराम गर्ने विषयमा सहमति भएको बताएका छन्। इजिप्ट तथा अन्तर्राष्ट्रिय समुदायको पहलका कारण युद्धविराम सम्भव भएको प्यालेस्टाइनी अधिकारीले बताएका छन्।

इजरायली सेनाले गाजामा रहेको एक खाली भवनमा आक्रमण गरेको र बटुवाको ज्यान जानुका साथै तथा केही घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ। गाजाको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि विवाद रहँदै आएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.