|

इलाम : पूर्वी इलामका किसानले काँक्रा र इस्कुस खेतीबाट लाखौं आम्दानी गर्दै आएका छन्। तराईका बजार र छिमेकी भारतीय बजारमा काँक्रा र इस्कुसको माग बढेपछि सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका वासिन्दाले खाद्यान्न बाली छाडेर काँक्रा र इस्कुस खेती रोजका हुन्।

यस क्षेत्रको मुख्य नगदे बाली अदुवा र अलैंचीले भाउ पाउन छाडेपछि यस क्षेत्रका किसान तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। काँक्रा खेतीबाट मात्रै प्रतिपरिवारले दुई लाख २५ हजारदेखि तीन लाख रुपैंयाँसम्म आम्दानी गर्दै आएका छन्। काँक्रा खेतीबाट भएको आम्दानीले एक वर्षका लागि खाद्यान्न किनेर केही रकम बचत गर्न सफल भएको सूर्योदय नगरपालिका–९ गैरीगाउँका किसान प्रदीप पराजुलीले बताए।

काँक्रा र इस्कुस खेती गर्दा कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले किसानले खाद्यान्न बाली हुने क्षेत्रमा व्यवसायिक रूपमै काँक्रा र इस्कुस खेतीतर्फ लागेको बताउँछन्। झापा र छिमेकी भारतका बजारमा सजिलै पठाउन सकिने भएकाले काँक्रा र इस्कुस खेती सुरु गरेको किसान तथा तरकारी संकलक प्रेम खड्काले बताए।

भारतको पश्चिम बंगालस्थित सिलिगुडी, दार्जिलिङ र नेपालका बजारमा माग उच्च हुने भएकाले व्यापारीहरु किसानका घरघरमै काँक्रा र इस्कुस खरिदमा आउने गरेका छन्। पूर्वी इलामबाट दैनिक २०० पिकअप गाडीबाट इस्कुस र काँक्रा निर्यात हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.