|

इनरुवा : पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। बहाव बढेपछि केसी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ। 

शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको  प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए। ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।

पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बालिने गरे पनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। 

ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.