|

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसिया अहिले अप्रत्यासित रुपमा विश्वकप फुटवल प्रतियाेगिताकाे फाइनलमा पुग्न सफल भयो। हुनत सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागितामानै क्रोएसियाले विश्वलाई आश्चर्यचकित पार्दै सेमिफाइनलमा पुगेको थियो। जहाँ फ्रान्ससँग पराजित भएको थियो।

क्रोएसिया २० वर्षपछि उपाधिको संघारमा पुगेको छ। सोही फाइनलको छिनोफानो आज हुँदै छ। जसका लागि संसारको ध्यान रसियामा हुने फाइनलमा केन्द्रित हुँदा क्रोएसियन नागरिक भने आफ्ना खेल मैदानहरूमा नै जम्मा हुँदै छन्। हजारौं संख्यामा समर्थकहरू मैदानमा ठूला स्क्रीनमा फुटबल हेर्दै छन्। आफ्ना देशका अधिकांश खेल मैदानहरू आज भरिभराउँ हुँदैछन्।

प्रतिष्ठित पाउल एरिनामा विशिष्ट सहितले फुटबल हेर्ने कार्यक्रम रहेको छ। हुनत सेमिफाइनल पुगेदेखिनै क्रोएसियामा दिन दिनै विजयी जुलुस र पार्टी चलिरहेको छ। खुसी मनाउनेका संख्या लेखा-जोखा नै छैन। यसमा क्रोएसिन सरकारले समेत साथ दिएको छ। क्याविनेट बैठकमा प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकदेखि मन्त्रीहरू मात्र होइन राष्ट्रपति स्वयंनै देशको जर्सीमा ठाँटिएका छन्। युवा होस् या ज्येष्ट नागरिक सबै जर्सीमा नै देखिन्छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.