|

डडेल्धुरा : जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्डहल भत्किएको छ। लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो। 

अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण भएको उक्त कबर्डहल जीर्ण अवस्थामा रहेको थियो। पुरानो संरचना भएको र मर्मतसम्भार नभएकोले अविरल वर्षाका कारण कबर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताएका छन्।  कबर्डहल मर्मतका लागि बारम्बार सरोकारवाला निकायमा अनुरोध गरेतापनि कुनै सुनुवाई नभएकाले कबर्डहल भत्किएको उनको आरोप छ।

‘विगत १ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश सरकारलाई मर्मतका लागि अनुरोध गर्दै आएका छौँ।’ उनले भने ‘स्थानीय सरकार अमरगढी नगरपालिकालाई पनि निकै अनुरोध गरे तर वेवास्था गरीयो।’ जिल्लाको महत्वपूर्ण र एकमात्र कभर्डहल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रम समेत प्रभावित हुने उनको भनाइ छ।

इनडोर खेलहरु खेल्नका लागि हलको प्रयोग हुनेहुँदा अबबाट खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताए। ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ताभित्र खेलिने खेलहरु बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुनेहुँदा कबर्डहलको आवश्यकता रहेको उनको भनाइ छ।
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.