|

झापा : विषालु सर्पको टोकाइबाट झापामा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टाबारीका ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन्। ढकाललाई आइतबार बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ। 

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.