|

दुई हप्ताभन्दा बढी गुफामा फसेका थाइल्यान्डका बालक जो फुटबल खेलाडी पनि हुन् र उनीहरूका प्रशिक्षक आउँदो बिहीबार घर फर्किने भएका छन्।

स्वास्थ्य उपचारपछि उनीहरूलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

गुफामा फसेका १२ जना बालक र उनीहरूका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो। उनीहरू गत जुन २३ मा गुफामा फसेका थिए।

उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ।

“आउँदो बिहीबार उनीहरू सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,” अस्पतालका एक अधिकारीले भने।

उद्धार गरिएका बालक र उनीहरूका अविभावकलाई आफन्त र साथीहरूसँग समय बिताउन, तर सञ्चार माध्यमलाई अन्तवार्ता नदिन सुझाव दिइएको छ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरू झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए। घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरूको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थियो।

उनीहरूलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.