|

काठमाडौं : सर्वोच्च अदालतले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई तत्काल काममा फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालिन शेरबहादुर देउवाले नियुक्त गरेका विभिन्न व्यक्तिहरूलाई पदबाट बर्खास्त गरेका थिए। 

ओलीको निर्णयपछि बर्खास्तीमा परेका साउदले सर्वोच्चमा रिट दायर गरेर आफूलाई गैह्र कानूनी तरिकाले हटाइएको दावी गरेका थिए। आफू खुल्ला प्रतिस्पर्धाबाट नेप्सेको प्रमुख बनेको दावी लिएर उनी सर्वोच्च गएका थिए। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई तत्काल काममा फर्काउन सरकारका नाममा परमादेश दिएको हो। ओलीले बर्खास्त गरेका अन्य तीन जनालाई पनि तत्कालका लागि नहटाउनू भन्दै सर्वोच्चले अन्तरिम आदेश लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.