|

काठमाडौं : सरकारले सेयर कारोबार पनि विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी गरेको छ। सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्न श्रावण १ गतेदेखि परिक्षणको काम सुरु गर्न लागिएको हो।

३ महिना भित्र पूर्ण रुपमा विद्युतीय प्रणालीबाट सेयर कारोबार हुनेगरी यही श्रावण १ गतेदेखि परीक्षणको काम सुरु गर्न लागिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।  करिव ३ महिनाको परिक्षणपछि सेयर कारोबार पनि विद्युतीय प्रणालीबाटै पूर्ण रुपमा संचालन गर्न सकिने आँकलन गरिएको छ।
प्रवक्ता पराजुलीले परिक्षणमा सेयर कारोबार गर्दा विद्युतीय प्रणालीबाट हुने सबै समस्याको समाधान खोजिनेछ। परीक्षणपछि यसलाई पूर्ण रुपमा संचालनमा ल्याउने योजना रहेको पनि नेप्सेका प्रवक्ता पराजुलीले बताए।

सेयर कारोबार विद्युतीय प्रणालीबाट सुरु हुने वित्तिकै इन्टरनेटमार्फत् आफ्नो घरबाटै ग्राहकहरुले धितो–पत्रको खरिद– विक्री गर्न सक्नेछन्। धितो पत्रसम्बन्धि ऐन, २०६३ को नियम १२ बमोजिम धितोपत्रको खरिद तथा विक्री कारोबार संचालनका लागि संचालन गर्न लागिएको विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र सेयर दलाल कम्पनीले पनि अनिवार्य जडान गर्नुपर्नेछ।

सरकारले सेयर कारोबारलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीबाट कारोबार गर्ने कानुनी व्यवस्था गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.