|

काठमाडौं : नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ। शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो। अलिशाको गृहनगर रहेको उक्त ठाउँमा उनी निकै हट अवतारमा प्रस्ततु थिइन्।

फिल्म प्रचारको लागि देश दौडाहामा निस्किएको 'चि मुसी चि' टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट सम्पन्न गरी शनिवार चितवन पुगेको थियो। चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य बनेको थियो। फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीले आफ्नो नृत्य प्रस्तुती दिएका थिए। फिल्ममा समावेश नभएका अन्य केहि गीतमा पनि सुनिल र अलिशा नृत्य प्रस्तुत गरेका थिए। त्यहाँ नेपाल आइडलबाट चर्चामा आएकी सुजता पण्डेले पनि आफ्नो गायन प्रस्तुतीबाट दर्शकलाई नचाएकी थिइन्।फिल्म टिमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए। विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौं लगायतका शहरहरुमा फिल्मले लगातार कन्सर्ट आयोजना गर्ने बताइएको छ।

साउन ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सुनिल, अलिशा र सुशान्तसँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याललगायतको अभिनय रहेको छ। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्।

फिल्ममा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ताका रूपमा रहेका छन्। बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.