|

विश्वकप फुटबल आइतबार क्रोएसिया र फ्रान्सबीचको फाइनलसँगै समापन हुँदै छ। समापन समारोहलाई भब्य बनाउनका लागि हलिउड स्टारहरूले आफ्नो प्रस्तुति दिने भएका छन्। जसमा अभिनेता तथा र्‍यापर विल स्मिथ, अमेरिकन गायक निकी जाम तथा इरा स्त्रेफीले आफ्नो प्रस्तुति दिने भएका हुन्।

यी तीनै हस्तीले मिलेर एउटा गीत तयार गरेका छन्। जसको नाम छ ‘लिव इट अप’। सबै स्टारले विश्वकपको यो मञ्चमा प्रस्तुति दिन पाउनू ठूलो अवसर भएको बताएका छन्। उनीहरूले विश्वकपमार्फत विश्व अहिले एक जुट रहेको भन्दै सबैले फुटबलको खुसी मनाइरहेको बताएका छन्।

स्मीथले भने ‘हामी यो गीतमार्फत संसारलाई नचाउन चाहान्छौँ। यो गीतको निमार्ण ग्रेमी अवार्ड विजेता डिप्लोले गरेका हुन्। मैले यसअघि कहिले पनि अन्तर्राष्ट्रियस्तरको गीत निर्माण गरेको थिइन्। यो गीतका लागि धेरै विश्व प्रशिद्ध हस्तीहरूले योगदान दिएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.