|

रामेछाप : मन्थली नगरपालिका–६ नवुघाटमा रहको तीन कक्षासम्म पढाइ हुने पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी संख्या पनि तीनैजना रहेका छन्।

अझ अर्को रोचक कुरा त के भने तीनजना विद्यार्थी पढाउने शिक्षक पनि तीनैजना नै छन्। एक दरबन्दी रहेको सो विद्यालयमा एक स्थायी र दुर्इजान अस्थायी शिक्षक रहेका छन्।

यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएकाले कक्षा एकमा विद्यार्थी नै छैनन्। कक्षा दुर्इमा भने दुर्इ जान विद्यार्थी छन् र कक्षा तीनमा एकजना मात्र विद्यार्थी रहेको शिक्षिक सुधा माझीले बताइन्।

नवुघाटस्थित सुनकोसी नदीमा सिन्धुली जिल्लाको खुर्कोट तर्ने झोलुङ्गे पुल निर्माण भएसँगै नवुघाटका विद्यार्थी  पढ्न खुर्कोटमा रहेको बोर्डिङ स्कूलमा जान थालेपछि विद्यार्थी संख्या घटेर अहिले तीनजनामा सीमित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरमान माझीले बताए।

२०७४ सालमा शिक्षा विभागले कुनै पनि दरबन्दी मिलान र विद्यालय मर्ज नगर्न भनि परिपत्र गरेपछि त्यस्ता विद्यालयहरू मर्ज हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख मुकुन्दकेशरी पोखरेलले बताए।

अभिभावकहरूमा अंग्रेजी शिक्षाप्रतिको मोह बढेका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको पोखरेलको भनाइ छ। सामुदायिक विद्यालयहरूले अंग्रेजी शिक्षा पढाए पनि विश्वास दिलाउन नसक्दा अभिभावकले आफ्ना बालबच्चाहरू संस्थागत विद्यालयमा भर्ना गर्ने क्रम बढेको पोखरेलले बताए।

२०४२ सालमा स्थापना भएको पञ्चकन्या आधारभूत विद्यालय नवुघाटमा रहेको ३० घर माझी समुदायका बालबालिकाहरु पढ्ने गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.