|

काठमाडौं: शनिबार कलंकीको सोल्टीमोडमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो। मृत्यु हुनेमा चितवनकी अनुजा घिमिरे थिइन्। उनी केही दिन अघिमात्र उच्चशिक्षा पढ्न काठमाडौं आएकी थिइन्। अनुजा र उनका दाई चढेको मोटरसाइकलाई ना ७ ख ९४७५ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्यु भएको हो। उनका दाई अनुज घिमिरे भने घाइते भएका छन्।

त्यस्तै २९ जेठ भक्तपुरबाट  काठमाडौं आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले भक्तपुर जडिबुडीमा सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दियो। टिपरको ठक्करबाट स्कुटर चालक रौतहट गौर घरभई हाल काभ्रेको बनेपा बस्दै आएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भयो।

त्यसैगरी जेठ महिनाकै ९ गते पनि टिपरको ठक्कबाट तीन जनाले ज्यान गुमाएका थिए। काभ्रेको साँगाबाट काठमाडौं आउदै गरेको बा ३ ख ६६७४ नंम्बरको टिपरले भक्तपुरको सूर्यविनायक नगरपालिका – ९ पलासेमा बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेमा मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीका स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका– ६ की सविता घिमिरे र उनकी १३ वर्षीय छोरा अरविन घिमिरे थिए।

यी त दुई महिना यता भएका केही प्रतिनिधि घटनामात्र हुन्। टिपर र ट्रकको ठक्करले मात्र चालुआर्थिक वर्ष ०७४-७५ को जेठ महिना सम्म मर्नेको संख्या १६३ जना भन्दा बढी पुगेको ट्राफिक महाशाखाले जनाएको छ। यस मध्येपनि धेरै टिपरको कारणले ज्यान गुमाउने गरेको ट्राफिक माहाशाखाले जनाएको छ। ज्यान गुमाउनेहरुमा मोटरसाइकल र स्कुटर चालक बढी हुने गरेको महाशाखाको तथ्यांक छ। 

ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुका अनुसार टिपरले दुर्घटना गराउने यी हुन् मुख्य पाँच कारण।

. टिपरले उपत्यकामा दिनहुजसो दुर्घटना निम्त्याउने गरेको छ। टिपर बढी दुर्घटनाहुनुमा टिपरको बनावट पहिलो कारण रहेको सिताराम हाछेथुको भनाई छ। उनका अनुसार टिपरको बनावट बलियो छ। सबै समानहरु फलामले बनेका छन्। टिपरको अगाडीको भाग समेत अन्य सवारी साधनभन्दा लामो छ। यसले गर्दा चालकले कन्ट्रोलगर्न खोज्दा पनि दुर्घटना हुने गरेको उनको भनाई छ।

. टिपर बढी दुर्घटनाहुने दोस्रो कारण चालकलाई आर्थिक बोझ नहुने भएकाले दुर्घटना हुने गरेको हाछेथुको भनाई छ। दुर्घटनाको सबै जिम्मा टिपरको साहुले लिने हुदा चालकलाई जे गरे पनि साहु छदै छ भन्ने लाग्ने गरेकोले पनि टिपर बढी दुर्घटनाहुने गरेको बुझाई छ।

. टिपर दुर्घटनाहुने तेस्रो कारण धेरै टिपरका चालकहरु कम उमेर समुहका रहेको हाछेथुको भनाई छ। कम उमेर समुहका चालकले टिपर जस्तो ह्याभी साधन चलाएका हुन्छन्। तातो रगत हुन्छ। पेलेरै जान सक्छु भन्ने सोचले जबरजस्त हाकेका हुन्छन् यसले बढी दुर्घटना हुने गरेको उनले बताए। उनका अनुसार धेरै टिपर चलाउको उमेर २२-२४ वर्ष भन्दा कम रहेको छ।

. टिपर बढी दुर्घटना हुने चौथो कारण सडकको बनावट रहेको हाछेथुको भनाई छ। उनका अनुसार टिपर बढी ह्याभी सवारी साधन हो। उपत्यकाको सडकको अवस्था त्यती राम्रो भइसकेको छैन कतै निर्माण हुदै छन्। कतै निर्माण भएका सडक पनि खाल्डै खाल्डा  छन्। यसले पनि दुर्घटनाहुने गरेको हाछेथुले बताए।

. टिपर चालकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समेत टिपरले बढी दुर्घटना गर्ने गरेको हाछेथुको भनाई छ। प्रतिस्पर्धाकै कारण टिपर तिब्र गतिमा चलाउछन्। दुर्घटना भइहाल्यो भने पनि आफुलाई केही हुदैन भन्ने लागेको हुन्छ। यसकारणले पनि टिपर बढी दुर्घटनाहुने गरेको हाछेथुको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.