|

काठमाडौं : भारतीय मोडेल पुनम पाण्डेको उत्तेजक नृत्यसँगै विश्वकप फाइनल हेर्ने काठमाडौंका युवाहरूको सपना पूरा नहुने भएको छ। दरबारमार्गको डेजा भू क्लबले गर्न लागेको उक्त कार्यक्रम दरबारमार्ग प्रहरीले रोकेको छ।

यसअघि विश्व चर्चित डिजे मार्समेलो ल्याउने भनेर डेजा भू क्लबले पैसा उठाएर कार्यक्रम नगरेको भन्दै उक्त क्लबमा तोडफोड भएको थियो।

बारम्बार उक्त क्लबमा हंगामा हुने भएपछि प्रहरीले पुनम पाण्डेको कार्यक्रममा रोक लगाएको हो। अश्लिलता कारण चर्चित पुनम पाण्डेको कार्यक्रम गर्ने भनेर डेजा भू ले पूर्व अनुमति नलिएकाले सुरक्षाको दृष्टिकोणले रोक्न भनिएको महानगरीय प्रहरी बृत्त दरमार्गका प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर मल्लले जानकारी दिए।

उक्त कार्यक्रमका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट पूर्व अनुमति लिनुपर्ने थियो तर उक्त क्लबले पूर्व अनुमति नलिएरै कार्यक्रम गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको हो। कार्यक्रमका लागि प्रहरी परिसर टेकुबाट कुनै पत्र नआएको डिएसपी मल्लले जानकारी दिएका छन्। कार्यक्रमको सुरक्षाका लागि टेकुले पत्र पठाउने गरेको थियो।

आयोजकले अटेर गरेर कार्यक्रम गरे सबैलाई पक्राउ गर्ने मल्लले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.