|
Representative Photo

काठमाडौं : राजधानीमा साना हतियार सप्लाई गर्दै आतंक फैलाउँदै आएको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

हतियार बेचबिखनमा संलग्न रामेछापको लिखु स्थायी घर भएका कृष्णबहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरू लामो समयदेखी हतियार खरिद बिक्रीमा संलग्न हुँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाण्डौंले उनीहरूलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ। साना हतियार सप्लाई गर्ने गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए। उनीहरूको साथबाट एउटा जर्मन पेस्तोल, दुईवटा म्यागेजिन र पाँच थान गोली समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.