|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १  का ३० वर्षीय सुशीलकान्त चौधरीको हत्याको आरोपमा चार जना पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी सोही ठाउँका सन्चमाया तामाङ, तिलक तामाङ, शंकर तमाङ  र एक बहादुर तामाङलाई हत्याको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो।

सोमबारदेखि घरबाट वेपत्ता भएका मृत चौधरीको शव गत शुक्रबार नै त्रियुगा नगरपालिका १ स्थित कङ्गखोलामा बालुवाले पुरेकोअवस्थामा प्रहरीले फेला पारेकाे थियाे।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले शव फेला पर्ने वित्तिकै अनुसन्धान सुरु गरेकाे बताए। प्रमुख एसपी भट्टले  भने, ‘चारै जनाले चौधरीको हत्या गरेको स्वीकारेका छन्।'

पक्राउ परेका चार जनालाई कर्तव्य ज्यान मुद्दा चलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.