|

बुटवल : प्रदेश-५ को प्रदेशसभाले पूर्णता पाएको छ। प्रदेश-५ मा ८७ जना सांसद्को व्यवस्था भएपनि राष्ट्रिय जनता पार्टीका एकजना सांसदको पद खाली थियो।

सोही ठाउँमा राष्ट्रिय जनता पार्टीकी समानुपातिकतर्फकी सांसद् कल्पना पाण्डेले सपथ लिइन्। यसअघि विना पन्तको नाम सिफारिश गरेको भए पनि विवाद सिर्जना भएपछि पन्तले राजीनामा दिन लगाएर राजपाले पाण्डेको नाम निर्वाचन आयोगमा सिफारिश गरेको थियो।

निर्वाचन आयोगले पाण्डेलाई निर्वाचित भएको प्रमाणपत्र दिएपछि प्रदेश-५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन्।

अर्घाखाँची छत्रदेव गाउँपालिकाकी पाण्डे राजपाको समानुपातिकतर्फ समावेशी कोटामा दोश्रो नम्बरमा थिइन्। उनका श्रीमान् नवराज लम्साल राजपाका महासचिव हुन्। नेपाली जनता दल र राजपा एकीकृत हुँदाताका उनकी श्रीमती समानुपातिकको सूचीमा परेकी थिइन्।

प्रदेश-५ का मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा सांसद् पाण्डेको सपथ ग्रहण कार्यक्रम भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.