|

डोल्पा : हिमाली जिल्ला डोल्पामा ठूलीभेरी नगरपालिकाका दुईवटा नगरसभा सम्पन्न भएका छन्। आइतबार सदरमुकाम दुनैमा नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा ठूलीभेरी नगरपालिका दोस्रो नगरसभा घोषणा सम्पन्न भएको हो।

नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीको अध्यक्षतामै २४ असारमा उद्घाटन गरिएको नगरसभा आठ दिनपछि आइतबार घोषणा गरिएको हो।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको पत्रअनुसार जिल्ला समन्वयको कार्यालयमा दुवैतर्फलाई नगरसभा सम्पन्न गर्न अनुरोध गरेकाले सोही पत्रलाई आधार मानेर समन्वयकै हलमा सम्पन्न गर्न जुफाल पक्षलाई खबर गरे पनि एकतर्फी हिसाबमा नगरसभा सम्पन्न गरेको दुनै पक्षको आरोप छ।

'यदि केन्द्रबाट पत्र नआएको भए २५ गते भित्रै नगरसभा सम्पन्न गर्ने थियौँ' नगर उपप्रमख शाहीले भने। ५२ जना नगरपार्षदमध्ये २६ जनाको उपस्थितिसहित ठूलीभेरी नगरको दुनैतिरको नगरसभाले २७ करोड २२ लाख २४ हजार आठ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

जसमा राजस्बाट चार करोड १८ लाख ९३ हजार बजेट निकासा भएको छ भने अनुमानित राजस्व एक लाख ५० हजार अनुमान छ। योजनामा छ करोड ९१ लाख ५२ हजार छुट्याइएको छ भने सशर्त अनुदानअन्तर्गत १६ करोड, १० लाख ४८ हजार बजेट प्रस्तुत गरिएको छ।

आइतबार २६ जना नगर पार्षदसहित दोस्रो नगरसभा सम्पन्न भएको नगर उप्रमुख शाहीले बताए। तर हाल नगरको केन्द्र कायम गरिएको जुफालमा पनि २७ असारमा नगरसभा सुरु भई २९ असारमा सम्पन्न भएको थियो।

जुफाल केन्द्रले आगामि आर्थिक वर्ष ०७५/०७६ को चालु र पुँजीगततर्फ गरी कुल बजेट २८ करोड ९१ लाख ८५ हजार बराबरको बजेट विनियोजन गर्दै सम्पन्न गरेको थियो।

नगरपालिकाको ५१ सदस्यमा २७ सदस्यसहितको बहुमत सदस्यको संख्याले  नीति तथा कार्यक्रम पारित गरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए।यता दुनै केन्द्रका पक्षमा २५ जना सदस्य रहेको तर नगरकार्यपालिकाका २१ सदस्य मध्य १३ जना उपप्रमुखको पक्षमा रहेकोले दुनैमा पनि उपप्रमुखले ३१ गते नगरसभा गर्ने तयारी भएको छ।

यता नगर उपप्रमुख शाहीले जाँलसाँची निर्णय गरेर नगरको केन्द्र रातारात जुफाल सारेको बताए। कुनै हालतमा सत्यको जित हुने भन्दै ठूलीभेरी नगरपालिकाका जनतालाई धैर्य गर्नसमेत आग्रह गरे। तर नगर प्रमुख गणेश बहादुर शाही भने कुनै जालसाँजी नभएर असार ३१ गतेको निर्णयअनुसार दुनैबाट जुफाल सरेको र ७४ फागुन १४ गते राजपत्रमा प्रकाशित भएको बताए।

केन्द्र विवादको कारण गएको फागुन महिनादेखि ठूलीभेरी नगरपालिकामा योजनाका कामभन्दा आन्दोलन र बहुमत आफ्नो पक्षमा राख्न नजप्रतिनिधिहरू तल्लिन रहेको नागरिकको गुनासो रहेको छ। केन्द्रको विवादका बीचमा नगरप्रमुख शाहीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्नको लागि बारम्बार पत्राचार गरी पहल गरे पनि दुनै पक्षका जनप्रतिनिधि नआएपछि जुफाल केन्द्रमा नगरसभा सम्पन्न गरेको बताए।

कार्यपालिकाका बहुमत सदस्यले पारित गरेको नीति तथा कार्यक्रमलार्इ नगरसभामा प्रस्तुत गरिने र कानुनसंगत मान्य हुने भन्दै जुफालमा २९ गते भएको नगरसभा ऐनविपरीत भएको दुनै केन्द्रका जनप्रतिनिधिहरूको आरोप रहेको छ।

यता नगरप्रमुख शाहीले भने बहुमत सदस्यहरूको उपस्थितिमा नगरसभा भएकोले कानुनसंगत भएको दाबी गरेका छन्। उपप्रमुखसहति नगरका सबै सदस्यहहरूलार्इ बारम्बार पत्राचार गरेको तर पत्र नै नबुझेपछि अन्तत बहुमत सदस्यले नगरसभा गरेको बताए।

घरघरमा सिंहदरबार आउला र सिंहदरबारको सेवा पाउँला भन्ने आशामा मतादान गरी जितएका जनप्रतिनिधि नै पदीय भागबण्डामा लागेपछि नगारिकका आशा निराशमा परिणत भएको स्थानीय बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.