|

विश्वकप २०१८ को फाइनलमा क्रोएसियाले बराबरी गोल फर्काएको छ। सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो। 

खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

यसअघि कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका थिए। 

खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल लाई पोष्टको दिशा दिएका थिए। जसमा क्रोएसिया पछि परेको थियो।

हेर्नुहोस् इभान पेरिसिकले गरेको गोल भिडियोमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.