विश्वकप २०१८ को फाइनलमा क्रोएसियाका खेलाडीले डीबक्समा ह्यान्ड गर्न पुगेपछि फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको छ। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पेनाल्टी मार्फत गर्दै खेललाई २-१ को अग्रतामा पुर्याएका छन्।
उनले ३९औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका हुन्। उक्त पेनाल्टीको निर्णय भिडियो रेफ्रीबाट लिइएको थियो।
आत्मघाती गोलमा पछि परेको क्रोएसियाले २८ औँ मिनेटमा बराबरी गरेको थियो। सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो।
खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।
यसअघि कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका थिए।
खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल लाई पोष्टको दिशा दिएका थिए। जसमा क्रोएसिया पछि परेको थियो।
हेर्नुहोस् इभान पेरिसिकले गरेको गोल भिडियोमाः
तपाईंको ईमेल गोप्य राखिनेछ ।