|

विश्वकप २०१८ को फाइनलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा क्रोएसियालर् दुई र फ्रान्सले एक गोल गर्‍यो। क्रोसियाले दुवै गोल आफ्नो पक्षमा भने गरेको होइन। उसले एक गोल आफ्नै पोष्टमा हानेको हो। 

जसमा आत्मघाती र आफ्नो एक गोल गरेर फ्रान्सले अग्रता लिएको छ। फ्रान्सका लागि एक गोल भने क्रोएसियाका खेलाडीले डीबक्समा बललाई ह्यान्ड गर्दा पाएको पेनाल्टी मार्फत भएको हो।

बल पोसेसन भने क्रोएसियाको पक्षमा छ। क्रोएसियाको पक्षमा ६१ प्रतिशत र फ्रान्सको पक्षमा ३९ प्रतिशत बल पोसेसन छ।

क्रोएसियाका खेलाडीले डीबक्समा ह्यान्ड गर्न पुगेप पछि फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको छ। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पेनाल्टी मार्फत गर्दै खेललाई २-१ को अग्रतामा पुर्‍याएका छन्। 

उनले ३९औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका हुन्। उक्त पेनाल्टीको निर्णय भिडियो रेफ्रीबाट लिइएको थियो।

आत्मघाती गोलमा पछि परेको क्रोएसियाले २८ औँ मिनेटमा बराबरी गरेको थियो। सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो। 

खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

यसअघि कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका थिए। 

खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल लाई पोष्टको दिशा दिएका थिए। जसमा क्रोएसिया पछि परेको थियो।

हेर्नुहोस् इभान पेरिसिकले गरेको गोल भिडियोमाः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.