खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकप फाइनल : फ्रान्स तेब्बरको अग्रतामा, एमबाप्पे र पोग्बाको गोल
SHARES

असार ३१, २०७५

    विश्वकप २०१८ को फाइनलमा फ्रान्सले अग्रतालाई तेब्बर पारेको छ। फ्रान्सका केइलिएन एमबाप्पे र पउल पोग्बाले गोल गर्दै फ्रान्सको अग्रतालाई ४-१ मा पुर्‍याएका छन्। 

    एमबाप्पेले ६५औँ र पोग्बाले ५९औँ मिनेटमा गोल गर्दै अग्रतालाई तेब्बर बनाएका हुन्। यी दुई गोलसँगै क्रोएसिया भने दबाबमा परेको छ। खेल राम्रो भएपनि क्रोएसियाले पटकपटक गरेको गल्तीमा गोल खाइरहेको छ।

    पहिलो हाफ २-१ ले फ्रान्सको पक्षमा सकिएको थियो।

    क्रोएसियाका खेलाडीले डीबक्समा ह्यान्ड गर्न पुगेपछि फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको थियो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पेनाल्टी मार्फत गर्दै खेललाई २-१ को अग्रतामा पुर्‍याएका थिए। 

    उनले ३९औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका हुन्। उक्त पेनाल्टीको निर्णय भिडियो रेफ्रीबाट लिइएको थियो।

    आत्मघाती गोलमा पछि परेको क्रोएसियाले २८ औँ मिनेटमा बराबरी गरेको थियो। सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो। 

    खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।

    यसअघि कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका थिए। 

    खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल लाई पोष्टको दिशा दिएका थिए। जसमा क्रोएसिया पछि परेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]