|

काठमाडौं : विदेशमा चिकित्साशास्त्र पढेर नेपाल आएकामध्ये ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका छन्। एमबिबिएस पढेर डाक्टर भएकाहरुलाई बिरामी जाँच्ने लाइसेन्स दिन काउन्सिलले परीक्षा लिने गर्दछ।

काउन्सिलले गत वर्षको मंसिरमा लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए। त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत काउन्सिलको परीक्षामा असफल भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.