|

जनकपुर : धनुषाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)गोपालप्रसाद पराजुलीले कार्यभार सम्हालेको झण्डै तीन महिना भयो। उनका स्कीय सचिवका रूपमा निजामतीका शिवचरणले काम गर्दै आएका छन्। 

अन्नपूर्ण पोस्ट दैनिक अगाडि लेख्छ, तर सीडीओ पराजुलीले स्कीय सचिवका रूपमा पत्नी सुष्मालाई नियुक्त गरेको पाइएको छ। रौतहटका सीडीओ गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रूपमा कार्यरत छन्। तर रिजालले करारतर्फ स्वकीय सचिवका रूपमा भाइ वासुदेवलाई नियुक्ति दिलाएका छन्।

यता सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले स्वकीय पदमा ‘उचित मान्छे’ राखिएको बताए पनि नाम खुलाएनन्। सिरहा, सर्लाही, बार, पर्सासहित अन्य जिल्लाका सीडीओको अवस्था पनि उस्तै छ। करारमा राखिने स्वकीय सचिवमा सीडीओले नातेदारलाई जागिर खुवाउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.