|

अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन क्रममा युरोपेली कम्पनीहरूमाथि लगाएको प्रतिबन्ध फुक्का गर्न युरोपियन युनियनले गरेको आग्रह अस्वीकार गरेको छ।

युरोपेली मुलुकहरुलाई पत्र लेख्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमाथि अधिकतम दबाब सिर्जना गर्नकै लागि पनि ईयूको अपिल स्वीकार्न नसकिने प्रष्ट गरेका हुन्। अमेरिकी राष्ट्रिय सुरक्षामा लाभ नमिल्दासम्म कुनै खालको छूट दिन नसकिने पत्रमा प्रष्ट गरिएको छ। युरोपियन युनियन वासिङ्गटनको नयाँ प्रतिबन्धका कारण अर्बाैँ डलरको व्यापार खतरामा पर्ने डरमा परेको छ।

इरानी शासकमाथि अधिकतम आर्थिक दबाब दिनकै लागि प्रतिबन्ध लगाइएकाले कुनै खाले अपवाद लागु हुन नसक्ने पनि जनाइएको छ। सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय रुपमा इरानी आणविक हतियार कार्यक्रमबाट हात झिकेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।

यद्यपि, फ्रान्स, बेलायत र जर्मनी जस्ता अमेरिकी युरोपेली मित्र मुलुकले भने उक्त सम्झौतामा कायमै रहेको जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.