|

भारत झारखण्डमा एकै परिवारका ६ जना मृत फेला परेका छन्। झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो।

घरबाट ६ वटा सुसाइड नोट पनि फेला पारेको झारखण्ड प्रहरीले जनाएको छ। रातो रंगको कागजमा रहेको सबै 'सुसाइड नोट'मा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ। यद्यपि, बच्चाको भने घाँटी रेटेर हत्या गरिएको उल्लेख छ। सबै शव घरको विभिन्न स्थानमा फेला परेका थिए।

सुसाइड नोट कस्ले लेखेको हो भन्नेमा प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक छानबीनमा ती व्यापारीको ठूलो रकम फसेको खुलेको प्रहरीले जनाएको छ। ७० वर्षीय महावीर माहेश्वरी शहरको ड्राई फ्रुट्सका ठूला व्यापारी रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.