|

उदयपुर : फिफा विश्वकपको फाइनल खेल हेरेर फर्किदै गरेका दुईजनामाथि खुकुरी प्रहार भएको छ।  खुकुरी प्रहारले दुई मध्ये एकको गम्भिर रहेको छ।  

आइतबार राति उदयपुरगढी ७ का २६ वर्षे दुर्गा बहादुर राई र  ५ का २२ वर्षे कृष्ण बिकलाई बाटो छेकी एक्कासि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। 

खुकुरीको चोटले राई गम्भिर घाइते भएका छन् भने कृष्ण सामान्य घाइते भएको प्रहरीको भनाइ छ। आइतबार  राति भएको विश्वकप फुटवल खेल हरेर नेपालटार बजार फकिरहेका घाइते दुवैलाई उदयपुरगढी गाँउपालिका ५ तेलतेलेका २२ वर्षे नबिन बिक र वडा नम्वर ३ बुधबारे का २२ को सन्दिप बिकले बाटो छेकी खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

घाइते राईको दाहिने कान मुनि घाटीमा र टाउकोमा चोट लागेको छ। राईलाई स्थानीय क्लिनिकमा उपचार गराई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएको छ। कृष्णको छातीमा सामान्य चोट लागेकाले स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्। खुकुरी प्रहार गर्ने मध्ये नबिन नियन्त्रणमा छन् भने संदिप फरार छन्। प्रारम्भिक अनुसन्धानले विश्वकपको हारजितले खुकुरी प्रहार भएको हुन सक्ने देखाएको प्रहरीको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.