|

नवलपरासी : वर्षौं देखि डुवानको समस्या भोग्दै आएका सुस्ताबासीले क्षतिपुर्ति पाउने भएका छन्। 

गत वर्षको वर्षातमा खेतियोग्य जमीन डुवानमा परी क्षति बेहोरेका किसानहरुले क्षतिपुर्ति पाउने भएका हुन्। किसानले  क्षतिपुर्ति बापत २ करोड ४६  लाख १२ हजार प्राप्त गर्नेछन्। 

नेपाल सरकार सिंचाई मन्त्रालयले क्षतिपुर्ति बापतको २ करोड ४६ लाख १२ हजार रकम निकासा गरेको छ। निकासा भएको रकम गण्डक सिंचाई ब्यबस्थापन डिभिजन मार्फत पडित किसानहरुलाई वितरण गरिनेछ।  किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउनका लागि आफुहरुले निकै दौडधुप गर्नुपरेको र लामो समयको संघर्ष पछि मात्र रकम नकासा गर्न सफल भएको गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। प्राप्त रकमलाई बास्तविक पिडित किसान समक्ष पुराउनका लागि आफु संवेदनसिल भएको पाण्डेको भनाइ छ।

गतवर्षको बाढीले डुवानमा परेका सुस्ता गाउपालिका १ र २, विनयी त्रिवेणीका ६ र ७ का पिडित किसानहरुले रकम पाउनेछन्। वर्षौ देखि आफुहरुले डुवानका कारण ठूलो क्षति बेहोर्दै आए पनि पहिलोपटक क्षतिपुर्ति रकम प्राप्त गर्न लागेकोमा पीडित किसानले खुशी ब्यक्त गरेका छन्। 

उनीहरुले गण्डक सम्झौंता अनुसार भारतीय पक्षले उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति रकमका लागि पनि पहल गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.