|

नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुष एकल तर्फको उपाधि हात पारेका छन्। साउथ अफ्रिकन केभिन एण्डरसनलाई ३-० को सोझो सेटले पाखा लगाउँदै पूर्ववर्ल्ड नम्बर वान सर्वियन जोकोभिचले २ वर्षपछि ग्राण्डस्लाम उपाधि जितेका हुन्। 
योे उपाधि भने उनको चौथो हो। यो उनको १३ औं ग्राण्डस्लाम उपाधि पनि हो। पहिलो र दोस्रो सेटमा समान ६–२ को जित निकालेका जोकोभिचले तेस्रो सेटमा ७–६ को संर्घषपुर्ण जित निकाले। 

२०१६ को फ्रेन्च ओपन जितेयता जोकोभिच ग्राण्डस्लाम उपाधिबिहिन रहेका थिए। महिलातर्फको उपाधि भने जर्मन एञ्गेलिक केरबरले जितेकी थिइन्। अमेरिकी सेरेना विलियम्सलाई २–० को सेटले हराउदै केरबरले उपाधि जितेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.