|

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–८ मा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको बर्दिया नगरपालिका–३ घर भई त्रिपुरासुन्दरी नगरपालिका–८ मा बसेर मादलको व्यापार आएका ५५ वर्षीय प्रेम बादी रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खाना खाएर मादल मोड्न पहाडा गाउँ गएका प्रेम वादी साँझसम्म नफर्केपछि बेलुकी खोज्ने क्रममा राति ८ बजे कामीवाडाको पाल्च खोला नजिक मृत अवस्थामा भेटिएको थियो।

प्रहरी चौकी त्रिपुराकोटका प्रहरी चौकी इन्चार्ज रोमहर्ष सिजवालले स्थानीय र मृतकसँगै बस्दै आएका हरि वादीले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिको बताए। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको सिजवालले बताए। उनी बस्दै आएको ठाउँमा उनका आफन्त केही पनि नरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.