|

रुकुम : रुकुम पश्चिममा रहेको बाँफीकोट गाउँपालिकाको नाम दोस्रोपटक परिवर्तन गरिने भएको छ। यसअघि परिवर्तन गरिएको नाममा अस्वीकृत भएपछि बाँफीकोटलाई स्यार्पु गाउँपालिका बनाइएको छ।

वर्षे अधिवेशनको दोस्रो गाउँसभाले बाँफीकोट गाउँपालिकाको नाम स्यार्पु गाउँपालिका बनाउने सर्वसम्मत निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। उनका अनुसार स्यार्पु गाउँपालिका गरेर सिफारिस गर्न सर्वसम्मत निर्णय भएको छ। यसअघिको गाउँसभाले बाँफिकोटको नाम सहिद स्यार्पु गाउँपालिका बनाउने निर्णय गरेको थियो।

तर, उक्त नामको स्थानीयस्तरबाट पनि विरोध भएको थियो। ‘पहिले गरिएको नामाकरण अस्वीकृत भयो, त्यसैले अर्को नामाकरण गरेर सिफारिस गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.