संशोधित लक्ष्य पूरा

|

काठमाडौं : आर्थिक वर्ष ०७४/७५ को अन्तिम दिन सोमबार बैंकबाट सरकारलाई राजस्‍व बुझाउनेहरूको घुइँचो छ। सरकारको तर्फबाट वर्षभर भएका काम र कतिपय हुँदै गरेका कामको महालेखा नियन्त्रकको कारर्यलयले चेक काटेको छ।

सरकारले आर्थिक वर्ष ०७४/७५ को लागि गर्ने भनेको खर्च गर्न नसकेर संशोधित अनुमान पेस गरेको छ। राजस्‍व पनि केही घटाएर पेस गरेको छ। संशोधित राजस्‍व लक्ष्य पूरा गर्नका लागि सोमबार मात्रै करिब १४ अर्ब रुपैयाँको राजस्‍व उठाउनै पर्ने महालेखा कार्यलयका सूचना अधिकारी दिनेश रेग्मीले जानकारी गराए।

सरकारले बजेटमार्फत ७३५ अर्बको राजस्‍व उठाउने लक्ष्य राखेकोमा संशोधित त्यो लक्ष्य घटाइ ७२८ अर्बको लक्ष्य निर्धारण गरेको छ। यो लक्ष्यअनुसार आइतबारसम्ममा ७१४ अर्बको राजस्‍व उठाउइसकेको छ।

आइतबार मात्रै १६ अर्ब ४० राजस्‍व उठाएपछि सरकारको खातामा ७१४ अर्बको राजस्‍व उठेको हो। तर, सोमबार संशोधित लक्ष्य पूरा हुने गरी राजस्‍व उठ्ने महालेखाको लक्ष्य रहेको छ। आइतबारको तथ्यांकले सरकारले संशोधित अनुमानअनुसार खर्च र आय गर्ने देखिएको छ।

४१ अर्ब खर्च गर्ने लक्ष्य

सरकारको संशोधित अनुमानअनुसार लक्ष्य पूरा हुनका लागि सोमबार ४१ अर्ब रुपैयाँको खर्च हुनुपर्ने भएको छ। अर्थ महालेखा नियन्त्रकको कार्यालयबाट ४१ अर्ब रुपैयाँको भुक्तानी हुनुपर्ने भएको छ।

 तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोका थिए आइतबार मात्रै साढे ३३ अर्ब रुपैयाँको भुक्तानी गरेको सरकारले चालु खर्चतर्फ पाँच अर्ब ८३ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ २७ अर्ब ६२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ नौ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ।

अर्थमन्त्रालयले मंगलबार आर्थिक वर्षको अन्तमा भएको कारण बैंकलाई ढिलासम्म कारोबार भर्नको लागि आग्रह गरेको छ। त्यस्तै, महालेखा नियन्त्रकको कार्यालयबाट पनि अन्तिम समयसम्म भुक्तानी हुने जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.