|

काठमाडौं : नेपाली कांग्रेसको रामचन्द्र पौडेल समुहका नेताहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ। भेलाले सभापति शेरबहादुर देउवाले प्रदेशमा तदर्थ समिति गठन गर्ने प्रस्ताव गरेकोमा त्यसको विरोध जनाएको छ। हरेक प्रदेशमा रहेका महाधिवेशन प्रतिनिधि मार्फत निर्वाचन गराएर समिति बनाउनुपर्ने कांग्रेस नेता अर्जुनरसिंह केसीले बताए।

केसीले पार्टीलाई विधान अनुसार चलाउनको लागि सभापतिलाई दवाव दिने, विधान परिर्माजन मस्यौदा समिति चाडो बनाउनको लागि दवाव दिने लगायतका निर्णय भएको उनले बताए। देउवाले साउन २ गते पौडेल पक्षका नेताहरुलाई विधान परिमार्जन समितिको विषयमा छलफल गर्न बोलाएका छन्। देउवाले ४ सदस्यीय समितिको ३ जना पौडेल पक्षलाई दिने बताएका छन्। पौडेल समुहले समितिमा गगन थापा, नविन्द्रराज जोशी, जीवन परियार र अर्जुनरसिंह केसी मध्ये तीन जनालाई पठाउने तयारी गरेको हो।

साथै बैठकले महासमिति वैठक सार्न नहुने र अहिलेको सरकार अधिनायकवादी बन्दै गएकोले कडा विरोधमा उत्रिनुपर्ने निर्णय गरेको छ। भेलामा रामचन्द्र पौडेल, प्रकाशमानसिंह, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु, दिलबहादुर घर्ती, प्रदीप पौडेल, हृदयराम थानी, रामकृष्ण यादव, नवीन्द्रराज जोशी, वद्री पाण्डे, जीवन परियार लगायतको उपस्थिति थियो। बैठकमा नेता कृष्णप्रसाद सिटौला उपस्थित थिएनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.