|

कालिकोट : सानिमा बैंकको ७३ शाखा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका मेहलमुडीमा स्थापना भएको छ। नेपाल राष्ट्र बैंकको नेपालका सबै स्थानीय तहमा बैंक पुर्‍याउने लक्ष्यअनुसार सानिमा बैंकले ७३ औं शाखा सान्नी त्रिवेणीमा खोलेको हो। 

सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले सानिमा बैंकको शाखा उदघाटन गर्दै स्थानीय तहमा बैंकको स्थापनाले बैंकिङ कारोबार, ऋण लगानी, कर्जा संकलन तथा गाउँपालिका दैनिक कार्य गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताए। ‘स्थानीय तहमा बैंकको स्थापना नहुँदा कुनै पनि बैंकिङ कारोबार गर्न समस्या भएको थियो।’ उनले भने, ‘अब गाउँ नै बैंक भएपछि केही सहज हुने भएको छ।’

स्थानीय तहमा बैंकको स्थापना गरेर स्थानीयस्तरमा नै बैंकिङ कारोबार गरिने र ऋण लगानी, निक्षेप संकलन गर्न अब गाउँ बैंकको स्थापना गरिएको सानिमा बैंक सान्नी त्रिवेणी शाखाका रोहनकुमार बिष्टले बताए। ‘अब बैंकले यही शाखाबाट निक्षेप संकलन ऋण लगानी लगायतका बैंकिङ कारोबार गर्नेछ।’ उनले भने, ‘गाउँ नै बैंक स्थापना भएकाले जनतालाई सहज हुनेछ।’

गाउँमा नै बैंक स्थापना भएको र बैंकिङ कारोबार गर्न दुई दिनको पैदल दूरी हिड्नु पर्ने बाध्यता हटेको सान्नी त्रिवेणी मेहलमुडीका स्थानीय नरबहादुर धामीले बताए। ‘हिजोका दिनमा बैंकिङ कारोबार गर्न दुई दिन हिड्नु पर्ने बाध्यता रहेको थियो।’ उनले भने, ‘अब गाउँमा नै सबै कारोबार गर्न सजिलो हुने भएको छ।’ कालिकोट जिल्लामा स्थानीय तहमा स्थापना भएको सानिमा पहिलो शाखा हो भने स्थानीय तहमा बैंकको शाखा स्थापना भएको यो दाेस्राे शाखा हो। यसभन्दा अगाडि ग्लोबल आइएमई बैंकको रास्कोट नगरपालिका पनि आफ्नो शाखा स्थापना गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.