|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको जीवनलाई सरकारले नियतवस तलमाथि पार्न खोजेको गम्भीर आरोप लगाएका छन्। सोमबार एउ विज्ञप्ति जारी गर्दै देउवाले चिकित्सा शिक्षामा आमुल परिवर्तन गर्ने उदेश्य सहित आफ्नो सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएकोमा अहिलेको सरकारले त्यसलाई नजर अन्दाज नगरेको आरोप लगाए। शासन सञ्चालन गर्दा विवेकको मार्ग अख्तियार नगर्दा गम्भीर दुर्घटना हुनसक्ने समेत देउवाले बताएका छन्। साथै उनले चिकित्सा शिक्षाको सुधार र केसीको जीवन रक्षा सरकारको दायित्व रहेको समेत स्मरण गराएका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.