|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सोमबार आफ्नो मन्त्रालयले प्राप्त गरेका उपलब्धिहरू र  आफू सरकारमा सामेल भएपछि मन्त्रालयले गरेका उल्लेख्य कामहरूको संक्षिप्त प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रालयका मुख्य उपल्बधिहरूमा यातायातमा रहेको सिन्डिकेट अन्त्य, सेवाप्रवाहमा सुधार, नयाँ पद्धतिको थालनी  र सडक विभागका क्षेत्रमा उल्लेख्य काम भएको प्रगति विवरण सार्वजनिक भएका छन्।

मन्त्रालयले गठन गरेको सुझाव प्रारम्भिकअनुसार पुस मसान्तसम्ममा याततायातलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुने समय दिइनेछ। रोक्का यातायात व्यवसायीका रोक्का भएका बैंक खातामार्फत दुर्घटनामा मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति दिलाउने पनि कार्यक्रममा मन्त्री सेठले जानकारी दिए। यसबारे थप व्यवस्थित कसरी बनाउन सकिन्छ भनेर बाँकी विषयमा छलफल पनि भइरहेको उनले बताए। कार्यक्रममा मन्त्री सेठले यसै आर्थिक वर्षको अन्तसम्ममा नेपालको आफ्नै पानीजहाजसमेत हुने बताए।

हेर्नुस् मन्त्रालयको प्रगति विवरण जस्ताको तस्तै

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.