|

काठमाडौं : असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’को ट्रिजर सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत् फिल्मको ट्रिजर रिलिज गरिएको हो। फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठलाई फिचर गरिएको ट्रिजरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ। 

लभस्टोरी फिल्म ‘बाँध मयाले’लाई सविर श्रेष्ठ निर्देशन गरेका छन्। रामहरि धिताल र बिभीषिका श्रेष्ठको निर्माण रहेको फिल्ममा रूपमा महेन्द्र अधिकारी र केदार धिताल सहनिर्माताको रूपमा रहेका छन्।

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। बाबु श्रेष्ठले खिचेको फिल्मलाई राजु ढुंगानाले सम्पादन गरेका छन्।

फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रवीन्द्रप्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ। किशोरले यसै फिल्मबाट डेब्यु गर्दै छन्।

हेर्नुहोस् टिजर :  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.