|

हेटौँडा : प्रदेश  ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आव २०७५/०७६ को बजेटले परम्परा तोड्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी अन्तरक्रियामा प्रदेश मन्त्री तथा सचिवहरूलाई निर्देशन दिंदै मुख्यमन्त्री पौडेलले बजेटले परम्परा तोड्न नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले आफ्नो लक्ष्यअनुसार काम गर्न पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका थिए। उनले अध्ययन नगरी बजेट छुट्याउँदा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका योजनामा समेत बजेट छुट्याइएको भन्दै आगामी दिनमा यस्ता गल्तीलाई सच्याएर अगाडि बढ्न जरुरी रहेको औंल्याए।

उनले आफूहरूले ल्याएको नीति तथा कार्यक्रमलाई सफल बनाउनका लागि कर्मचारीको हात महत्वपूर्ण रहेको भन्दै सोहीअनुसार काम गर्न समेत निर्देशन दिए।पौडेलले प्रदेश ३ प्रति सवै प्रदेश सरकारको चासो रहेको बताउँदै उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.