|

भक्तपुर : नागरिक कम्युनिटी टिचिङ अस्पतालले पत्रकारहरूलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। अस्पतालले सोमबार आयोजना गरेको एक कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले पत्रकारलाई ५० प्रतिशत र नेपाल पत्रकार महासंघ भक्तपुरले सिफारिस गरेका जो कोही नागरिकलाई २० प्रतिशत उपचारमा छुट प्रदान गर्ने घोषणा गरेका हुन्।

अस्पतालले भक्तपुरमा रहेका पत्रकारहरूका लागि कन्सल्टेन्ट ओपीडी र अप्रेशन बाहेकका सेवामा छुट प्रदान दिने भएको हो। प्रबन्ध निर्देशक झाले अहिले १०० बेड सेवा प्रदान गरिरहेको अस्पतालको स्त्तोरउन्नति गरेर  केही समयमै २०० बेडको बनाउने तयारी भइरहेको जानकारी दिए। ‘अस्पतालको क्षमता बृद्धिसँगै रेडियोग्राफी, फार्मेसी लगायतका सेवाहरू पनि थप गर्ने योजना बनाएका छौं। अहिले अस्पतालमा रहेको २० कोटाको बिएसी नसिंङ सेवालाई बृद्धि गरेर ४० कोटामा पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेका छौं।’ उनले भने ।

प्रबन्ध निर्देशक झाले 'डोर टु डोर' सेवा प्रदान गर्नका लागि अस्पतालले आगामी दिनमा काठमाडौंकाे ग्राण्डी, नर्भिक अस्पतालको सहकार्यमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने तयारी समेत भइरहेको जानकारी दिए। उनले भने, ‘नागरिक अस्पतालले जनताको चाहना र मागलाई मध्यनजर गर्दै आगामी दिनमा उपत्यका बाहिरका जिल्लामा पनि सेवा प्रदान गर्ने योजना बनाएर अगाडि बढेका छौं।’

अस्पतालले अहिले इमरजेन्सी भेण्टीलेटरसहित १० शय्याको आइसियु, इन्डेयुरोलोजी, मुटुरोग, प्रसूती तथा स्त्रीरोग सेवा, बाल रोग, फिजियोथेरापी, दन्त रोग,परिवार नियोजन, सुरक्षित गर्भपतन,अल्टासाउन्ड, इसिजी लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.