|

जाजरकोट : जाजरकोटमा एक हजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजानिक भएको छ। सोमबार जिल्लाका ७ वटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजानिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो।

बालक भन्दा बालिकाको संख्य वढी जोखिममा रहेको तथ्यांक सार्वजानिक भएको छ। ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिइन्। बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र  कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले जानकारी दिइन्।

यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्य भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको सरोकारवालाको भनाइ छ। आमा बाबु नभएका, सडक बालबालिका, आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ। 

कुशेगाउँपालिका भित्रका सवै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ। यो आर्थिक वर्षमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ। यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको बजेट बिनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ। 

साउन १ गतेदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको काम समेत प्रभावित हुने देखिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.