|

काठमाठमाडौं: पछिल्लो एक महिनामा देशको शोधानान्तर (देशबाट बाहिरिने र भित्रने रकमको अन्तर) घाटा उल्लेख्य घटेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तको तुलनामा जेठ मसान्तसम्ममा शोधानान्तर घाटा १४ अर्ब ५९ करोढले घटेको हो। 

चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म निरन्तर बढेर १८ अर्ब ९३ करोड रुपैया रहेको शोधनान्तर घाटा रहेको थियो।  जेठ महिनामा भने चार अर्ब ३४ करोड रुपैयाँमा सिमित भएको  राष्ट्र बैंकले जनाएको छ। 

यस्तै जेठ मसान्तमा विदेशी विनिमय संचिति १० खर्ब ९४ अर्ब पुगेको छ। यसले ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ।

जेठसम्मको अवधिमा कर्जा प्रवाहको वृद्धिदर निक्षेप परिचालनभन्दा उच्च रहेपनि सरकारी खर्चमा भएको वृद्धि तथा विप्रेषण आप्रवाहमा आएको विस्तारले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.