|

कपिलवस्तु : कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली दुईलाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। साेमबार कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो। यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.