पाँच दिनमा २० प्रतिशत पुँजीगत खर्च

|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको लागि संशोधित गरेको खर्च भन्दा बढी खर्च गर्न सफल भएको छ। तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महाराले १२ खर्ब ७९ अर्बको बजेट प्रस्तुत गरेकोमा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले १० खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका थिए।

तर, सरकारले सोमबार राती नौ बजेसम्म १० खर्ब ७२ अर्ब रुपैयाँको भुक्तानी दिएको छ। चालु आर्थिक वर्षको लागि राखिएको बजेटको जम्मा ८३ प्रतिशत खर्च भए तापनि संशोधित लक्ष्यको तुलनामा २६ अर्ब बढी खर्च गर्न सफल भएको हो।

अर्थमन्त्री डा. खतिवडाले अगुणस्तरीय काममा खर्च गर्नको सट्टा बरु कम खर्च गर्ने नीतिमा सरकार रहेको बताए पनि वर्षको अन्तिम खर्च गर्ने प्रवृत्ति भने मौलाएको देखिएको हो। चालु आर्थिक वर्षको अन्तिम पाँच दिनमा जम्मा खर्च भएको बजेटको सात प्रतिशत खर्च भएको छ।

यसमध्ये विकासको लागि खर्च हुने पुँजीगत खर्चमध्येको रकममा यो पाँच दिनमा २० प्रतिशत रकम खर्च भएको छ। महालेखा नियन्त्रक कार्यलयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २ खर्ब ६२ अर्ब रुपैयाँको पुँजीगत खर्च भएकोमा अन्तिम पाँच दिनमा ४९ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी तथा खर्च भएको छ। यो खर्च भएको पुँजीगत खर्चको २० प्रतिशत हो।

महालेखाले विदाकाे समयमा समेत विल भुक्तानी गरेकाे छ। शनिबार पनि चार अर्बकाे विल भुक्तानी गरेकाे थियाे। 

हेर्नुस अन्तिम पाँच दिनमा सरकारले गरेको खर्च

मिति

चालु खर्च

पुँजीगत खर्च

वित्तीय व्यवस्थापन

जम्मा

३२ असार

६ अर्ब ४५ करोड

 

७ अर्ब ५३ करोड

 

-

१३ अर्ब ८८ करोड

 

३१ असार

५ अर्ब ८३ करोड

 

२७ अर्ब ६२ करोड

 

९ करोड

 

३३ अर्ब ५५ करोड

 

३० असार

७७ करोड

 

४ अर्ब १३ करोड

 

-

४ अर्ब ९० करोड

 

२९ असार

१ अर्ब ९३ करोड

 

 

४ अर्ब ८६ करोड

 

२ अर्ब १७ करोड

 

८ अर्ब ९८ करोड

२८ असार

७२ करोड

 

५ अर्ब ३१ करोड

 

५ अर्ब ८५ करो८

 

११ अर्ब ८९ करोड

 

जम्मा

१५ अर्ब ७० करोड

 

४९ अर्ब ४५ करोड

 

८ अर्ब ११ करोड

 

७३ अर्ब २० करोड

 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.